nadeesh.com - Nadeesh

keywords here (2360)

Example domain paragraphs

  हङ्ग्री आई आर्ट ग्यालरी ।

दमकल चोक हुँदै तपाईँ कुपन्डोलतिर लाग्दै हुनुहुन्छ भने पुल्चोकको आकाशे पुल कट्नेबित्तिकै एउटा बाटो बायाँ लाग्छ । तपाईँ मःमको पारखी हुनुहुन्छ र पेटमा कम्तिमा मःम अटाउन सक्ने भोक हाजिर छ भने दिशा बताइराख्नु नै परेन, तपाईँ सोझै त्यतै लाग्नुहुनेछ । मःम खानूस्, नखानूस् तपाईँको खुसी तर तपाईँ सीधै अगाडि बढ्नूस् अब । सुजुकीको स्वरूमतर्फ केही नजर फ्याँक्नूस् । सुजुकी ब्राण्डसँग जोडिएका केही घटनाक्रम, सपना वा तिक्तता छन् भने एकैछिन त्यहाँ उभिएर टोलाउने छुट तपाईँलाई छ ।

स्वरूमलाई दायाँ पारेर अझै अगाडि बढ्नूस् । तपाईँ मलाई एकै छिन पर्खिन सक्नुहुन्छ भने म बाँयातिरको थकाली भान्छाघर छिर्छु, भोको पेटमा मलाई छिटै रिस उठ्छ । आफैँलाई रिस उठाउने मुडमा यतिखेर म छैन । पर्खिनु तपाईँको बसमा छैन र तपाईँलाई छालाको ज्याकेट मेड इन नेपालको सोख छ भने अलि अगाडि बढेर बाँयातिरको ल्याटिडो छिर्न सक्नुहुनेछ । सीधै अगाडि बढेपछि एउटा किताब पसल छ बायैँतर्फ, आँखालाई गेट खोलेर भित्र पस्ने अनुमति दिनुहोस् । त्यहाँ किताब पसल पनि छ भनेर तपाईँलाई कसैले नभनिदिएसम्म तपाईँ किताब खोज्न पाटन या बागबजार कुदिहाल्